छोटो पत्र सरकारका नाममा !


२६ पुष २०७४, बुधबार
om prakhasd

सरकार !
श्री ५ माइलाले छाडेको
श्रीपेच,सुरक्षित नै होला
कुडो खाइरहेका,
पराजुलीको शिरमा राखिदेउ
र आदेशका माग्दै भन
भनिबक्स्योस देबराज
म क कसलाई,

गिरफ्तार गरुँ ।।om prakhasd

सरकार !
सागुरो सडकमा चौडा छाती
बनाएर हिडिरहेका
चुडामणि र खुमबहादुरहरु माथी
कुनैपनि बेला अभियोग लाग्न सक्छ
अहिले नै आदेश गरिरहनु
आइजिपी साब
तिनिहरु,
भोकको भित्तामा
त्यागको सिरानी लगाएर
सुतिरहेको
गोबिन्दे हैनन् ।।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७