३२ वर्षमै मारिया शारापोवाले टेनिसबाट लिइन् सन्यास


१५ फाल्गुन २०७६, बिहीबार
maria sharapova1 1

काठमाडाैं, १५ फागुन (एजेन्सी)। पाँच पटकसम्म ग्रायाण्ड स्लेम विजेता रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन्। शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्।

साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन्।  

maria sharapova1 1 उनी सन २००६मा यूएस ओपोनको उपाधि जितेकी शारापोवा २००८ मा अस्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपनको र २०१४ रोल्याण्ड ग्यारोसको समेत उपाधि विजेता हुन्। उनी २००५ मा विश्व वरियतामा शीर्ष स्थानमा आएकी थिइन्। विश्व वरियतामा शीर्ष स्थानमा पर्ने उनी पहिलो रसयिन टेनिस महिला खेलाडी हुन्। टेनिसमा उनी सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी पनि हुन।

१०१६मा भएको अस्ट्रेलियन ओपन अन्तरगतको खेलमा उनले प्रतिबन्धित औषधिको प्रगोग गरेसँगै १५ महिनाका लागि खेलमा प्रतिबन्ध लगाइएको थियो। १५ महिनापछि फेरि टेनिस जगतमा फिर्ता भएकी उनले उनले सन्तोषजनक प्रदर्शन गर्न सकेकी थिइनन्।

maria sharapova1 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७