इपिएलको पहिलो खेल क्रिस गेलको पोखरा र उपल थरङ्‍गाको ललितपुरबीच हुने


१५ फाल्गुन २०७६, बिहीबार
UAE cricket team

काठमाडौं, १५ फागुन । एभेरेष्ट प्रिमियल लिग (इपिएल)को पहिलो खेलमा क्रिस गेल सम्मिलित पोखरा राइनोज र श्रीलंकाली पूर्वकप्तान उपल थरङ्‍गा भएको ललितपुर प्याट्रिओट्सबीच हुने भएको छ ।

आगामी मार्च १४ काठमाडौंमा हुने उक्त खेलमा यी दुई टिमबीच उद्धघाटन खेल हुने भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किङ्स–११, ललितपुर प्याट्रिओट्स र पोखरा राइनोज गरी पाँच टोली समावेश हुनेछन्। यसअघि भएको २०१८ संस्करणको विजेता ललितपुर प्रतियोगिताको साविक विजेता हो।

यो प्रतियोगिता खासमा डिसेम्बर ८ देखि २२ सम्म हुने तय गरिएको थियो। तर, पुनः फेब्रुअरी २९ देखि मार्च १४ हुँदै मिति सरेर मार्च १४ देखि २८ सम्म पुगेको छ। प्रतियोगिताका प्रत्येक खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७