एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’


१५ फाल्गुन २०७६, बिहीबार
1552825372Ncell Main Logo 1 scaled

काठमाडौं, १५ फागुन । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्ने जनाइएको छ । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ ।

यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याइएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (करसहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने छन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचालु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउने छन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्ने छन् ।

यस्तै ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्‍याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर तीन महिनासम्म सञ्चालनमा रहनेछ । ग्राहकले एस्टिक्«स १७१०६ एस्टिक्«स १ ह्यास् डायल गरी सुचालु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७