सीपी मैनालीसहित परिवारका चार सदस्य र कार चालकलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

ग्राण्डी अस्पतालमा उपचार गरिने


१५ फाल्गुन २०७६, बिहीबार
heli

महोत्तरी, १५ फागुन । कार दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीसहितका परिवारका चार सदस्य र कार चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।

 

heli 1

दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो । बिहीबार बर्दिबासस्थित रातुको पुलमा मैनाली परिवार सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरकोमैनाली परिवार सवार कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना (मैनाली), ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

CP accident

दुर्घटनामा सीपी मैनाली र बुहारी पूजा गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिएका छन् ।

मैनालीको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ । उनीहरुको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७