तीन डीआईजी एआईजीमा बढुवा सिफारिस


१५ फाल्गुन २०७६, बिहीबार
588b0b96983222102e0523f4f8c6716d w1000 h500 cp

काठमाडौं, १५ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिसमा पर्नेहरुमा डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

हाल एआईजीमा तीन पद रिक्त छ । एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए ।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७