एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर


१५ फाल्गुन २०७६, बिहीबार
ncl scaled

काठमाडौं, १५ फागुन । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ।

अफरअन्तर्गत ग्राहकले १०० र सो भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट पाउने छन्। यो अफर बिहीबारदेखि लागू भएको एनसेलले बताएको छ।

भ्यालेन्टाइनको अवसरमा ल्याईएको यो अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रति मिनेट ९कर सहित रु १।२६ पैसा० मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन्।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ। ग्राहकहरुले १०० रिचार्ज गरेमा ९९ पैसा प्रति मिनेट छुट ७ दिनका लागि पाउँनेछन्।

२ सय, ३ सय र ५ सय रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्। यसैगरी १ हजार रिचार्ज गरेमा रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन्। यो अफर ९० दिनसम्म संचालनमा हुने एनसेलले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७