इन्धनमा प्रतिलिटर १० रूपैयाँ कर


१५ फाल्गुन २०७६, बिहीबार
petrol VkRXP9kt2A

काठमाडौं, १५ फागुन । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ कर लगाउने भएको छ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास करको दरमा इन्धनमा प्रतिलिटर ५ रूपैयाँ बढाउने निर्णय गरेसँग करको दर १० रूपैयाँ पुग्ने भएको हो।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा इन्धनको करको दरमा ५ रूपैयाँ थप गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै कर वृद्धि गरिएको हो।यसले इन्धनको मूल्य बढ्ने देखिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७