ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा एक अर्ब लगानी गर्ने


१६ फाल्गुन २०७६, शुक्रबार
Money paisa rakam NYfiuAliCy
सांकेतिक तस्वीर

काठमाडौं, १६ फागुन । यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ ।
टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो ।

सहयोग राशिमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले रू. ६२ करोड ६१ लाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा रू. ३७ करोड ५७ लाख खर्च गर्नेछन् ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो । ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा उक्त कार्यक्रम कार्यन्वयनमा आउनेछ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७