सिपी मैनाली सवार कार दुर्घटना नियोजित : नेकपा माले

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै राख्नु पर्ने


१६ फाल्गुन २०७६, शुक्रबार
CP accident

काठमाडौं, १६ फागुन । नेकपा (माले) ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना नियोजित र अस्वभाविक भएको नेकपा (माले) पार्टीले जनाएको छ ।

बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको उल्लेख गरेका छन् । उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्य तथ्य जनता समक्ष ल्याउन र कुनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।

झापाबाट परिवारसहित राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सीमानामा पर्ने रातु नदी नजिक नेकपा (माले) महासचिव सीपी मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोरा–बुहारी र पाँच वर्षीय नाती भाइते छन् ।

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै राख्नु पर्ने
दुर्घटनामा घाइते सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । दुर्घटनामा मैनालीको ढाडको हड्डी भाँच्चिएको, टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

यस्तै उनकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि उनले बताए । दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उनले बताएका छन् । मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टर पाण्डले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७