अवैध गर्भपतन र लागूऔषध कारोबारमा हेल्थ केयर सेन्टर


२६ पुष २०७४, बुधबार
lagu

काठमाण्डौं : काठमाण्डौंको माछापोखरीस्थित बाहिर हेल्थ सेन्टरको बोर्ड झुण्ड्याएर भित्र भने अबैध गर्भपतन र लागू औषध कारोबार गर्ने गरेको पाइएको छ ।garva

केन्द्रिय अनुसन्धान व्यूरो बालाजु वृत्तको टोलीले माछापोखरीस्थित हेल्थ केयर सेन्टरकी नक्कली नर्ससहित ३५ जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । अनुसन्धान व्यूरोको टोलीले हेल्थ केयर सेन्टरबाट ठूलो परिमाणमा लागूऔष समेत बरामद गरेको छ । अवैध गर्भपतन र लागूऔषध कारोबारको अभियोगमा प्रहरीले नक्कली नर्स सपना चौधरीसहित ३५ जना लागू औषधका कारोबारी र सेवनकर्तालाई समेत पक्राउ गरेको छ ।

लागूऔषध कारोबार हुने गरेको सूचनाका आधारमा छापा मारिएको बालाजु वृत्तका प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताएका छन् । क्लिनिकमा लागू औषधको कूलतमा रहेकाहरु नार्कोटिक (मनोदिपक) औषधि खरिद गर्न आउने गरेको जानकारीका आधारमा मंगलबार बेलुकी प्रहरीले सेन्टरमा छापा मारेको थियो ।

औषधि भन्दा लागूऔषध बढी

हेल्थ केयर नाम भएपछि स्वभावैले विभिन्न रोग निको पार्ने औषधि हुनुपर्ने जोकसैले अनुमान लगाउँछ । तर छापा मार्ने क्रममा उक्त हेल्थ केयर सेन्टरमा औषधि भन्दा बढी लागूऔषध भटिएको टोलीमा संलग्न औषधि व्यवस्था विभागकी फार्मेसी सुपरभाइजर सरस्वती देवकोटाले बताइन् । उनले सेन्टरमा जताततै नार्कोटिक औषधिहरु भेटिएको बताइन् । उनले भनिन्–‘औषधि पसलका साथै दराज, खाट, कोठालगायतमा पनि लागूआक्षेधका रुपमा प्रयोग हुने मनोदिपक भण्डारण गरेर राखेको भेटियो ।’

नक्कली नर्सको सक्कली शान

छापा मार्ने क्रममा पक्राय परेकी नर्स सपना चौधरी नक्कली नर्स रहेको प्रहरीले बताएको छ । उनको परिचय–पत्र अर्कै व्यक्तिको फोटोमा उनको तस्विरको टाउको जोडेर बनाइएको पाइएको प्रहरीको भनाई छ । उनीहरुले सेन्टरबाट ठूलो रकम असुलेर गर्भपतन सेवा दिने गरेको समेत पाइएको छ । सरकारले निश्चित मापदण्ड पूरा गरेका र अनुमति प्राप्त अस्पताल र डाक्टरहरुबाट मात्र गर्भपतन सेवा लिन–दिन सकिने व्यवस्था भए पनि उनीहरुले यी सबै सरकारी नियम उल्लंघन गरेर असुरक्षित रुपमा गर्भपतन सेवा दिइरहेको पाइएको प्रहरीले बताएको छ । सेन्टर अनुगमनका क्रममा गर्भपतनमा प्रयोग हुने औषधि, औजार भेटिएको र आलो रगतको टाटाहरु समेत भेटिएको प्रहरीले बताएको छ ।

सपना प्रहरी नियन्त्रणमा, श्रीमान फरार

उक्त हेल्थ केयर सेन्टरमा सपनाका श्रीमान समेत काम गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले चावहिल र बालकुमारीमा समेत हेल्थ सेन्टरको नाममा अवैध लागूऔषध कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ । फरार रहेका सपनाका श्रीमानको खोजी भइरहेको प्रहरीले बताएको छ । काठमाण्डौंमा उपचार सेन्टरका नाममा अन्य धेरै लागूऔषधका अखडाहरु चलिरहेको आफूहरुले जानकारी आइरहेको प्रहरी वृत्तले बताएको छ । ती अखडाहरु आफूहरुको निगरानीमा रहेकाले उनीहरु पनि चाँडै पक्राउ पर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७