अभिनेता विजय बरालले गरे नाट्यकर्मी खनालसँग बिवाह


१६ फाल्गुन २०७६, शुक्रबार
bijay baral

काठमाडौं, १६ फागुन । अभिनेता विजय बरालले र कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग बिवाह गरेका छन् ।  अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् ।

बिहिबार काठमाडौंको एक पाटी प्यालेसमा बराल र खनालको लगनगाँठो कसिएको हो ।


यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो । मण्डला थिएटरका कलाकार विजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् ।

अभिनेता विजय कबड्डी श्रृंखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।

विजयले  ‘डिग्री माइला’, ‘सिरूमा नानी’, ‘माइलो’, ‘बिल गेट्स’ र ‘मितज्युजस्ता नाटक खेलिसकेका छन् । उनी  ‘कबड्डी’ श्रृंखलामा  ‘विके’ भनेर पनि परिचित छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७