सिटिजन्स बैंकद्वारा म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार सहयोग


१६ फाल्गुन २०७६, शुक्रबार
1582874387paulusatya

काठमाडौं, फागुन १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका ५, भीरमुनिस्थित पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजारको आर्थिक सहयोग गरेको छ।
एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ। यस विद्यालयमा अध्ययन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो।

सो रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ। शुद्ध खानेपानीको अभावमा पठन पाठनमा आएको समस्या अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुँदा लामो समयदेखि विद्यार्थीहरु शुद्ध पानी पिउनबाट बञ्चित छन्। बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी गराएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७