आङछिरिङ शेर्पाको सम्झनामा रक्तदान


१६ फाल्गुन २०७६, शुक्रबार
IMG 9891 PcKGOc3Z9P

काठमाडौं, फागुन १६ । यती समूहका संस्थापक प्रवन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको सम्झनामायती समूहका कर्मचारीहरुले रक्तदान गरेका छन् । शेर्पाको पहिलो वार्षिक पुण्यतिथिमा यती एअरलाइन्सले केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।


नेपालमा वायुसेवा विस्तार र प्रवद्र्धनमा शेर्पाको नाम अग्रसूचीमा आउँदछ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाको गत वर्ष ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा आङछिरिङ शेर्पासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएको थियो।


शेर्पाको सम्झनामा रक्तदान गर्नुपूर्व१ मिनेट मौनधारण गरिएको थियो । सोपश्चात् खादा र पुष्पगुच्छा चढाई सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए । यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई, उपप्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा, श्रुजना श्रेष्ठ शेर्पा लगायत १७९ जना कर्मचारीहरुले समेत रक्तदान गरी स्व।शेर्पाको स्मरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७