नम्रताका थरिथरिका फ्यान


२ भाद्र २०७४, शुक्रबार

उने जेठ १२ गते दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’ रिलिजको तयारीमा छ । यसअघि प्रायः प्रेम कथा भएका चलचित्रमा अभिनय गरेकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा फरक भूमिकामा देखिन लागेकी छिन् । ‘सानो संसार’बाट चलचित्र यात्रा थालनी गरेकी उनले अहिलेसम्म ‘फस्र्ट लभ’, ‘मिस यु‘, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘अर्धकट्टी’, ‘क्लासिक’, ‘होमवर्क’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

नेपालका चलेका नायिकाको सूचीमा अग्रपंक्तिमा आउने नम्रताका डाइहार्ड फ्यान पनि उत्तिकै छन् । चलचित्र यात्राका क्रममा उनको जीवनमा सम्झनलायक थुप्रै फ्यान आएका छन् । उनले गज्जबका आफ्ना फ्यानबारे केही रहस्यका पोकाहरू खोलेकी छिन्ः

 

namrata shrestha4444

स्वर सुन्न फोन गर्ने फ्यान

मलाई धेरै फ्यानले फोन गरेर हालखबर, सन्चो–बिसन्चो सोधिरहनुहुन्छ । तर, केही फ्यान यस्ता पनि हुनुहुन्छ जसले मेरो स्वर सुन्न मात्रै मन थियो भनेर फोन गर्नुहुन्छ र मैले हेल्लोहाई गरेपछि फोन राख्नुहुन्छ । विशेषगरी स्वर सुनेपछि उहाँहरूले मेरो सन्चो–बिसन्चो त्यहीँबाट थाहा हुने र आफूलाई त्यसैमा खुसी भएको महसुस गर्नुहुँदोरहेछ भन्ने मैले अनुमान गरेकी छु । यसरी फोन गर्नेमा एकजना साथी दाङबाट हुनुहुन्छ । अरूलाई भने मैले पत्ता लगाउन सकेकी छैन

सानो संसारदेखि अहिलेसम्म फलो गर्ने लिली

मेरा फ्यानहरूमध्ये उहाँ अलिकति फरक खालको हुनुहुन्छ । उहाँको नाम लिली हो, अहिले हङकङमा बस्नुहुन्छ । घर दार्जिलिङ हो । उहाँले मलाई धेरै नै माया गर्नुहुँदोरहेछ भन्ने कुरा मैले धेरै पछि थाहा पाएँ । त्यसो त मलाई धेरै फ्यानको अधिक माया भएकाले नै म यहाँसम्म आउन सफल भएकी हुँ । तर, माया गर्ने फ्यानको भीडमा उहाँ केही विशेष कारणले फरक हुनुहुन्छ ।

 

विशेषगरी उहाँले मेरो पहिलो चलचित्र ‘सानो संसार’देखि आजका दिनसम्म सतप्रतिशत ख्याल गर्नुहुन्छ । मेरो हरेक बर्थडेमा विभिन्न खालका भिडियो बनाएर पठाउने, आफूले राख्ने, अहिलेसम्म मैले काम गरेका सबै चलचित्रलाई सुरक्षित गरेर राख्ने गर्नुभएको छ । यति मात्रै होइन, मैले अहिलेसम्म जति पनि म्युजिक भिडियोमा काम गरेकी छु, ती सबै म्युजिक भिडियो उहाँसँग सुरक्षित छन् । म्युजिक भिडियो राख्ने, फिल्म राख्ने र मेरो बर्थडेमा विशेष तरिकाले भिडियो बनाउने मात्र होइन, मैले जति पनि मिडियामा अन्तर्वार्ता दिएकी हुन्छु, ती सबै अन्तर्वार्ता उहाँसँग सुुरक्षित छन् । उहाँ विदेशमा भए पनि, नेपाल भए पनि, खै कहाँबाट भेट्टाउनुहुन्छ, मलाई अचम्म लाग्छ ।

जसले बाटोमा भेट्दा फिल्मको कुरा गर्छन्

मेरा केही त्यस्ता फ्यान हुनुहुन्छ, जसले मलाई जुनवेला भेटे पनि फिल्मका कुरा गरेर हैरान पार्नुहुन्छ । ‘नम्रताजी तपाईंको चलचित्र कहिले आउँछ’, ‘यस्तो खालको चलचित्रमा काम गर्नुपर्छ’, ‘यो चलचित्र धेरै मन प¥यो’ आदि–इत्यादि कुरा गरेर मात्रै उहाँहरू बिदा हुनुहुन्छ । साँच्चै भन्ने हो भने उहाँहरू महिनैपिच्छे नयाँ चलचित्र खेल्न आग्रह गर्नुहुन्छ, तर त्यो कसरी सम्भव होस् र ? यद्यपि अरू फ्यानको तुलनामा उहाँहरू केही मानेमा फरक हुनुहुन्छ ।

मेरा विभिन्न खालका फ्यानमध्ये एकजना सधैँजसो मन्दिर गएर मेरो लागि प्रार्थना गर्नुहुन्छ । मेरो कुनै चलचित्रको छायांकन सुरु हुने, चलचित्र रिलिज हुने समय, सन्चो नभएको वेला या अरू कुनै सामान्य दिन, उहाँ मन्दिर जानुहुन्छ र मलाई घन्टी बजाएर सुनाउँदै म मन्दिरमा छु भन्नुहुन्छ ।

मेरो नामको ट्याटु बनाउने फ्यान

मेरो नाम (नम्रता श्रेष्ठ)को ट्याटु बनाउने एकजना फ्यान पनि मैले भेटेकी छु । उहाँको नाम खुलाउन चाहन्न, तर उहाँले आफ्नो हातमा मेरो नामको ट्याटु बनाउनुभएको छ । यो कुरा उहाँले मलाई भन्नुभएको होइन । ट्याटु बनाएको अर्का एकजना साथीले भेट्नुभएको रहेछ, उहाँले फोटो खिचेर मलाई पठाउनुभयो । त्यतिवेला मलाई मौन रूपमा मेरो डाइहार्ड फ्यान पनि हुनुहुँदोरहेछ भन्ने लागेको थियो । मलाई कहिल्यै कल, म्यासेज नगर्ने, ट्याटु बनाएको कुरा पनि नपठाउने, तर एकदमै ठूलो फ्यान हुनुहुँदोरहेछ उहाँ ।

कुरै नबुझ्ने पनि छन्

यो कुरा मैले भन्नैपर्छ, मेरा लागि फ्यान भगवान्जस्तै हो । उहाँहरूको मायाले म यहाँसम्म आएकी हुँ । यद्यपि कतिपय साथी हुनुहुन्छ, जसले जतिवेला पनि फोन गरेर हैरान पार्नुहुन्छ । कहिलेकाहीँ उठाउँछु । तर, व्यस्त भएको खण्डमा उहाँहरूको फोन उठेन भने पनि निरन्तर गरिरहनुहुन्छ । मेरो कसैलाई गाली गर्ने बानी छैन । फोन नउठेपछि व्यस्त होला भन्ने कुरा उहाँहरूले बुझ्नुहुन्न । एउटै ठाउँको नभए पनि यस्तो स्वभाव भएका धेरै हुनुहुन्छ ।

तीन वर्षदेखि भेट नभएको फ्यान

सामान्यतया मेरा अधिकांश साथीले भेट्न खोज्नुहुन्छ । तर, एकजना त्यस्तो साथी हुनुहुन्छ, जसले मलाई तीन वर्षदेखि निरन्तर भेट्न खोज्नुभएको छ, तर भेट भएको छैन । कहिले म व्यस्त हुने, कहिले उहाँको समय नमिल्ने भएको छ । उहाँ विदेशमा हुनुहुन्छ, घरचाहिँ काठमाडौं हो । बिदाको समयमा नेपाल आउँदा म नहुने, मैले खाली समय पाएको वेलामा उहाँ नेपालमा नहुने भएको छ । सम्भवतः उहाँसँग चाँडै भेट हुनेछ । उहाँको नाम पनि मैले लुकाउनै खोजेँ है ।

मेरा लागि सधैँ मन्दिर जाने फ्यान

मेरा विभिन्न खालका फ्यानमध्ये एकजना सधैँजसो मन्दिर जाने पनि हुनुहुन्छ । उहाँले धेरै नै माया गर्नुहुन्छ । मेरो कुनै चलचित्रको छायांकन सुरु हुने, चलचित्र रिलिज हुने समय, केही सन्चो नभएको वेला या अरू कुनै सामान्य दिन, उहाँ मन्दिर जानुहुन्छ र मलाई घन्टी बजाएर सुनाउँदै म मन्दिरमा छु भन्नुहुन्छ । उहाँले मन्दिरमा मेरा लागि प्रार्थना गरेको कुरा पनि भनिरहनुहुन्छ ।

काठमाडौंमा एकजना फ्यान हुनुहुन्छ, जो चलचित्र रिलिजको समयमा सकेसम्म हामीसँगै हेर्न आउनुहुन्छ । उहाँले चलचित्र हेरिसकेपछि तस्बिर खिच्न खोज्नुहुन्छ, तर डराएर काम्नुहुन्छ ।

भेट्दा डराएर काम्ने फ्यान

काठमाडौंमा एकजना फ्यान हुनुहुन्छ, जो चलचित्र रिलिजको समयमा सकेसम्म हामीसँगै हेर्न आउनुहुन्छ । उहाँ चलचित्र हेरिसकेपछि तस्बिर खिच्न खोज्नुहुन्छ, तर डराएर काम्नुहुन्छ । सधैँजसो भेट्दा नर्भस हुनुहुन्छ, मैले कुरा बुझेर अँगालोमा बाँध्छु र तस्बिर खिच्छु । यति भएपछि उहाँ खुसी भएर हिँड्नुहुन्छ ।

मलाई भेट्ने निहुँमा खाजा खान मेरै रेस्टुरेन्टमा

मेरो टंगालमा रेस्टुरेन्ट छ । रेस्टुरेन्टको नाम एटिक हो । त्यो रेस्टुरेन्टमा धेरै फ्यानहरू आउनुहुन्छ, मलाई भेट्नका लागि । तर, केही त्यस्ता साथी हुनुहुन्छ, जो मसँग भेट भइहाल्छ कि भन्ने मनसायले मेरो रेस्टुरेन्टमा खाजा खान आउनुहुन्छ । यदि भेट भयो भने खुसी हुनुहुन्छ, यदि भएन भने फिलिङ स्याड भन्दै म्यासेज गरेर हिँड्नुहुन्छ । त्यसो त रेस्टुरेन्टमै खाजा खानका लागि विदेशबाट आउने फ्यानहरू हुनुहुन्छ । तर, कहिले संयोग मिल्छ, कहिले मिल्दैन ।

फेसबुकमा पहिलो लाइक र कमेन्ट

मैले यसरी फ्यानहरूका विशेषता भन्दै गर्दा अरू फ्यानहरूले दुःख नमानिदिनुहोला, म आग्रह गर्छु । यद्यपि दुईजना साथी हुनुहुन्छ, उहाँहरूले मलाई निकै नै मन पराउनुहुँदोरहेछ । खासमा भन्दा उहाँहरूले मलाई फेसबुकमा बढी फलो गर्नुहुन्छ, कहिलेकाहीँ कल पनि गर्नुहुन्छ । फेसबुकका हरेक पोस्टमा सम्भव भएसम्म पहिलो लाइक र कमेन्ट गर्ने उहाँहरू नै हो ।

-नयाँ पत्रिका दैनिकबाट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७