चेक बाउन्स प्रकरणमा मोडल खुश्वु ओलीलाई दुई बर्ष जेल


१७ फाल्गुन २०७६, शनिबार
khushbu oli

काठमाडौं, १७ फागुन । चेक बाउन्स प्रकरणमा विवादीत मोडल खुश्वु ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार दुई बर्षको जेल सजाय सुनाएको छ ।

लेनदेनका क्रममा ओलीले सापटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैंकको बाउन्स भएको चेक सप्तरी राजविराज–८ का गोपाल कटुवाललाई दिएकी थिइन् । यसअघि तीन महिनाभित्र रकम तिर्न भन्दै अदालतले पूर्पक्षका लागि थुन्ने आदेश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् ।

२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन् । खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् । तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बाउन्स गराई अदालतमा मुद्दा हालेका थिए ।

विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओलीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो ।

मोडल ओली विभिन्न विवादमा तानिने गरेकी थिइन् । उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसँगको सम्बन्धका कारण पनि चर्चामा थिइन् । केही विवादीत प्रहरी अधिकारीसँग पनि उनको सम्बन्धको चर्चा चल्ने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७