दुई यौनाङ्गको दर्दनाक पीडा, फाल्नु पर्‍यो पाठेघर


२६ पुष २०७४, बुधबार
nikky with andy

निकी दुई यौनाङ्गसहित जन्मेकी थिइन् । तर, निकीले १७ वर्षकी भएपछि मात्र आफ्नो दुई यौनाङ्ग छ भन्ने थाहा पाइन् । दुई यौनाङ्ग भएकाले उनले जीवनको लामो समय अत्यन्त पीडा भोग्नु पर्‍यो । दुई वटा यौनाङ्ग भएकाले उनको अनेकौंपल्ट गर्भपात गराउनु पर्‍यो ।nikky with andy

त्यसपछि उनले शल्यक्रिया गरी गर्भाशय नै फालेकी छन् । दुई जनेन्द्रिय भएकाले उनको महिनावारी समेत असामान्य हुन्थ्यो, अर्थात निकै लामो हुन्थ्यो । सउनलाई गहिरो पीडा पनि हुन्थ्यो । विशेषज्ञहरू निकीको जस्तो समस्या वंशाणुगत विसंगतिका कारण हुने बताउँछन् । अमेरिकाको मायो क्लिनिकका अनुसार गर्भाशयमा कुनै पोथी भ्रुण दुई साना ट्युब जोडिएपछि बन्छ । कतिपय मामिलामा भ्रुण बन्ने यो प्रक्रिया अधुरै रहन्छ ।

दुई वटा जनेन्द्रीयबारे आफूमा राम्रो भन्दा पनि तिता अनुभव रहेको किनी बताउँछिन् । करीब २० वर्षअघि उनको भेट एण्डीसँग भयो । दुवैले सन् २०१४ मा बिहे गरे । बिहेपछि उनीहरूले सन्तानको चाहना गरे । ‘मैले तीनपल्ट गर्भपतन गर्नु पर्‍यो । मैल गर्भधारण गर्न खोजेका बेला नै गर्भपात हुन्थ्यो’– उनी भन्छिन्–‘मैले विचार गरें, किन यस्तो भयो ? मेरो समय नै खराब थियो । यति धेरै पीडा झेल्दा शरीरमा धेरै तागत-ऊर्जा बाँकी रहन्न ।’ मायो क्लिनिकका अनुसार दुई गर्भाशय हुनुको अर्थ आमा बन्न नपाउनु हो । यस्तोमा गर्भधारण गरेपछि पनि गर्भपात हुने सम्भावना रहन्छ । त्यसमाथि मिर्गौलाको समस्या पनि आउन सक्छ ।

जोडिनु पर्ने दुई ट्युब पूर्णरूपमा नजोडिँदा दुवै ट्युबको बेग्ला बेग्लै संरचना विकास हुन्छ । कैयौंपल्ट विकसित भइरहेको गर्भमा एउटा पातलो टिस्यु जनेन्द्रीयमा विभाजित हुन्छ । फलस्वरूप दुई वटा यौन अङ्ग निर्माण हुन्छ । यस्तो स्थितिमा गर्भाशय पनि दुई वटा हुनसक्छ । यिनै कारणले निकीले शल्यक्रिया गरी दुवै गर्भाशय फ्याँक्ने निर्णय गरिन् । यसको अर्थ अब उनी कहिल्यै पनि आमा बन्न सक्ने छैनन् । तर उनी दुवै गर्भाशय हटाएपछि सामान्य जीवन बिताइरहेको बताउँछिन्। एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७