टी–२० क्रिकेटमा सन्दीपले लिए ऐतिहासिक १०० विकेट


१७ फाल्गुन २०७६, शनिबार
Sandeep Lamichhane

काठमाडौं, १७ फागुन । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितमा मलेसियाविरुद्ध पहिलो विकेट लिदैँ सन्दीपले टी २० क्रिकेटमा ऐतिहासिक १०० विकेट पुरा गरेका हुन् ।

सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । भने १०० विकेट समेत पुरा गरे । उनले पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका थिए ।

योसँगै सन्दीप टि २० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सन्दीपले यस सफलता ७५ खेलमा पुरा गरेका हुन् । सन्दीपले यस ऐतिहासिक उपलब्धी अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरि हात पारेका हुन् ।

पछिल्लो टि २० को रुपमा सन्दीपले विगब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाडौंमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पुरा गर्न १ विकेट बाँकी राखेका थिए । 

सन २००० को अगष्ट २ तारिखमा स्याङ्जाको आरुचौर तालपोखरीमा जन्मिएका सन्दीपले सानै उमेरमा ठूलो उपलब्धि हासिल गरेका छन् । उनले सन् २०१६ को नामिवियाविरुद्धको खेलबाट लिस्ट ए क्रिकेटको सुरुआत गरेका थिए । त्यसअघि यु १९ को नेपाली टिममा छनोट भएका थिए । २०१६ मा उनको स्पिन बलिङ देखेर अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न अबअर्व डिस्ट्रिक्ट क्लबमा खेल्नका लागि बोलाएका थिए ।

वुवा चन्द्रनारायण लामिछाने भारतको रेल्वेमा जागिर भएकै कारण सानैमा सन्दीप पनि पढाईका लागि उतै गएका थिए । उनी कक्षा चारमा अध्ययन गर्दादेखि क्रिकेटखेलसँग परिचत भएको बताइन्छ ।

२०१६ मा यु १९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सोही वर्षको अप्रेलमा नामिबियासँगको आईसीसी विश्व क्रिकेट लिग म्याचमा सिनियर टिमबाट डेव्यु गर्न पाएका थिए । त्यसयता उनी नेपाली टिमका नियमित सदस्य पनि हुन् ।

राष्ट्रिय टिमबाट डेब्यु गरेपछि सन्दीप हङकङको घरेलु टी २० प्रतियोगिता हङकङ टी २० ब्लीटज खेल्न बोलाइएको थियो । त्यहाँ नै उनले अस्ट्रेलियन टिमका पूर्व कप्तान माइकल कर्लाकसँग भेट भयो र उनको क्रिकेट करियरको टर्निङ प्वाइन्ट पनि त्यही थियो ।

सन्दीप २०१८ को आईपीएलमा छनोट भए । तत्कालिन दिल्ली डेयर डेभिल्स दिल्ली क्यापिटल्सले उनलाई सिजनको २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

उक्त आईपीएलबाटै सन्दीपको टी २० यात्रा शुरु भएको हो । भने  २०१८ मा लड्र्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

नेपालको सन्दीपपछि वसन्त रेग्मी छन् । उनले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । अन्य खेलाडी धेरै पछि रहेका छन् ।

 

सन्दीपले हालसम्म टी ट्वान्टीमा लिएका विकेट
इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८  ( ३ खेल ) – ५ विकेट
क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट
बिग ब्यास लिग २०१८÷१९ (८ खेल) – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८र१९ (६ खेल) – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट
आईपीएल २०१९ (६ खेल) – ८ विकेट
क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट
बिग ब्यास लिग ९२०१९र२० (१३ खेल) – १५ विकेट
नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई –१९ विकेट
मलेसियासँगको खेल जारी – १ विकेट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७