राष्ट्रपतिले अध्यापन गरेकी विद्यालयले स्वर्ण महोत्सव मनाउँदै


२६ पुष २०७४, बुधबार
janata nimabi 3

बेलबारी : बेलबारी –१ नक्सलबारी मोरङको जनता निम्न माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ । माघ १७ गतेदेखि विद्यालयले स्वर्ण जयन्ती अवसरमा स्वर्ण महोत्सव मनाउने प्रचारप्रसार समितिका संयोजक टेक राज मगरले जानकारी दिए ।

janata nimabi 3
महोत्सवमा बेलबारी स्रोत केन्द्रमा आबद्ध ३२ वटा सामुदायिक विद्यालयहरूको सहभागिता हुने जानकारी दिएका छन् । महोत्सवको समापन १९ गते हुने संयोजक मगरले बताए ।

श्री जनता नि.मा विद्यालय व्यवस्थापनका अध्यक्ष पदम बहादुर निरौलाले विद्यालयलाई मा.बि तहको बनाउने उद्देश्यले पनि स्वर्ण महोत्सव समारोहको भव्य आयोजना गरिएको बताएका छन् ।

बि.स २०४४ देखी २०४६ साल सम्म वर्तमान राष्ट्रिपती बिद्यादेवी भन्डारले पनि श्री जनता नि.मा.बिमा अध्यापन गरेकी थिइन् । यस अर्थमा पनि बालबालिकाको भविष्यको लागि श्री जनता नि.मा.बिलाई स्थर उन्नति गर्न सरकारको ध्यान पुग्न सक्नु पर्थ्यो तर अहिले सम्म विद्यालयलाई आवश्यक सहयोग नभएको अध्यक्ष निरौलाको गुनासो छ ।

विद्यालयमा बिध्यार्थीहरुको सङ्ख्या बढे पनि भवनको कक्षा कोठा अपुग हुँदैछ । कक्षा कोठा निर्माण गर्न होस वा अन्य अवश्यका संरचना, विद्यालयको जग्गा अपुग बन्दै छ ।

विद्यालयका प्रधानध्यापक तथा स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य सचिव सम्भुप्रसाद खनालले बेलबारी वडा नं. १ भित्र एक मात्र नि.मा.वि तहको सामुदायिक विद्यालय भएकोले अनिर्वाय गुणस्तरिय शिक्षा तथा सर्वसुलभ शिक्षा प्रदान गर्ने स्वर्ण महोत्सवको नारा र उद्देश्य रहेको बताएका छन् । ३ वर्ष भित्र अनिर्वाय श्री जनता नि.मा.बिलाई मा.वि तहको बनाउने लक्ष्य रहेको प्र.अ. खनालले बताएका छन् ।

महोत्सवको १८ गते बेलबारी स्रोत केन्द्र अन्तरगतका विद्यालय बिच लगो नृत्य प्रतियोगिता हुने र १९ गते अन्य कार्यक्रमको साथमा स्वर्ण स्मारिका २०७४ को अवरण पृष्ट विमोचन र स्वर्ण महोत्सव समारोह २०७४ को समापन गर्ने स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य तथा स्वर्ण स्मारिकाका संयोजक भीम बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७