एशिया इस्टर्न रीजन क्रिकेटः नेपाललाई मलेशियाको १५४ रन लक्ष्य


१७ फाल्गुन २०७६, शनिबार
nepal cricekt

काठमाडौं, १७ फागुन । एशिया इस्टर्न रीजन ट्वेन्टी २० क्रिकेट प्रतियोगिता नेपाललाई मलेसियाले एक सय ५५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको मलेसियाको मध्यक्रमका खेलाडीले केहि राम्रो खेले । मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए।

आजको खेलमा तीन विकेट लिएका सन्दिपले अन्तराष्ट्रिय टी २० मा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी समेत बने । 
 
प्रतियोगितामा थाइल्यान्ड, सिङ्गापुर र हङ्‍कङ समावेश छन्। सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी २० एशिया कप खेल्ने देश छनौट हुनेछ। एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७