फट्यांग्रा नियन्त्रण गर्न चीनले एक लाख हाँस पाकिस्तान पठाउँदै !


१८ फाल्गुन २०७६, आईतवार
has

इस्लामावाद, १८ फागुन । नेपालमा खेतीपातीमा फट्गांग्राले दुःख दिए किसानहरुले कीटनाषक औषधि छर्छन् । तर, छिमेकी देश चीनले भने फट्यांग्रा नियन्त्रणको अनौठो उपाय अगाडि सारेको छ । फट्यांग्रा नियन्त्रण गर्न चीनले एक लाख हाँस पाकिस्तान पठाउने योजना ल्याएको छ ।

fatengra

‘सलह’ फट्यांग्राले खाद्यबालीहरु नष्ट गर्न थालेपछि पाकिस्तानले यसै हप्ताको शुरुवातमा आपतकालीन अवस्थाको घोषणा गरेको थियो । फट्यांग्राले पाकिस्तानको खाद्यबालीमा दुई दशकयता नै सबैभन्दा बढी क्षति पुर्‍याएर खाद्य संकटको अवस्था निम्त्याएपछि चीनले यस्तो योजना बनाएको हो ।

यस लगत्तै चीनले उक्त फट्यांग्राको चुनौतीसँग जुध्न आफ्नो विशेषज्ञसहितको टोली पाकिस्तानमा खटाउने बताएको छ । सलह फट्यांग्राले खाद्यबालीहरु पूर्ण रुपमा नष्ट गर्नसक्छ। जसका कारण खानाको अभावले भोकमरी निम्तन सक्छ ।

गत महिना मात्र सलह फट्यांग्राले दक्षिण सुडानमा भोकमरी निम्त्याएको एक प्रतिवेदन सार्वजनिक भएको थियो । चीनको विशेषज्ञ टोलीले एक हाँसले दिनमा २ सय वटा फट्यांग्रा खाने जनाइएको छ । हाँस किटनासक औषधिभन्दा राम्रो उपाय भएको चिनियाँ विज्ञले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७