गजल


२६ पुष २०७४, बुधबार
Raju photo

सात इन्द्रेणी खोज्ने तिमलाई, देशको हरियालीले सराप्ला
महल जोड्ने तिम्रा सपनालाई, गाउँको पालीले सराप्ला

काम गरे काजी नत्र पाजी, दुनियाँको चलन नै हो
नाइटोको बल सँग साट्या, अरबको तालीले सराप्ला
सात इन्द्रेणी खोज्ने तिमलाई, देशको हरियालीले सराप्ला…..

पाखोबारी प्याङ्गखर देखी, अर्काको देश सिंगार्दैछौं
माया मिसाईं सम्झाएको, आमाको गालीले सराप्ला
सात इन्द्रेणी खोज्ने तिमलाई, देशको हरियालीले सराप्ला…..

बल–बुद्धि विदेशमा, रोगी ज्यान चाँहि घर–गाउँमा
फूल फूलुञ्जेल तिमलाई स्याहार्ने, मालीले सराप्ला
सात इन्द्रेणी खोज्ने तिमलाई, देशको हरियालीले सराप्ला…..

Raju photoराजु शिवा ‘यायावर’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७