प्रधानमन्त्रीलाई नातिनीले मृगौला दिने

‘पाँच दिन अस्पताल बस्छु, छैठौं दिनदेखि काम गर्छु’


१८ फाल्गुन २०७६, आईतवार
kp sharma oli pm

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनीले मृर्गौला दिने भएकी छिन् ।
नातिनीसँग म्याच भएपछि नातिनी मृर्गौला दिन तयार भएकी हुन् ।

नजिकका आफन्ततर्फकी नातिनीको मृर्गौला म्याच भएको र उनको नाम भने गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अञ्जना घिमिरेसँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।

गत साता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिन मात्र अस्पतालमा बस्ने बताएका थिए । ‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अझै १०–१५ वर्ष मलाई केही हुन्न ।’

उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७–१८ घण्टा काम गर्ने गरेको दाबी गरेका छन् । ‘म १७–१८ घण्टा काम गर्छु । बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७