वुहानका नेपाली लिन गएका १८ जना सबैमा कोरोना संक्रमण नभएको पुष्टि


१८ फाल्गुन २०७६, आईतवार
korona nepal

काठमाडौं, १८ फागुन । चीनको वुहानबाट १७५ नेपालीलाई लिएर फर्केको विमानका चालक दलका सबै १८ सदस्यमा कोरोना भाइरसको संक्रमण रहनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल वायुसेवा निगमको विमानका १८ जना नै चालक दलका सदस्यमा दुई सातासम्म पनि कुनै स्वास्थ्य समस्या नरहेको स्वास्थ्य सचिव खगराज बरालले जानकारी दिएका छन् ।

‘उहाँहरुलाई १५ दिन नगरकोटमा अलग्गै राखिएको थियो,’ सचिव बरालले भने । उनका अनुसार शनिबार सबै जनाको दोस्रो स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा कोही पनि संक्रमित भएका छैनन् ।

फर्काइएका १७५ जनालाई भने खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि परीक्षणको रिपोर्ट सोमबारसम्ममा आउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७