हिंडेरै अस्पताल पुगेका सेनाका ‘रिटायर्ड’ बिरामीको मृत्यु, सिभिल अस्पतालमा तनाव


१८ फाल्गुन २०७६, आईतवार
civil hospital

काठमाडौं, १८ फागुन । बानेश्वरको सिभिल अस्पतालमा हिंडेर उपचारका लागि पुगेका एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

आइतबार बिहान साढे ११ बजेति छाती दुखेपछि हिंडेरै अस्पतालमा उपचार गर्न पुगेका सेनाका ‘रिटायर्ड’ रहेका बिरामीको केही समयपछि मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै विरोध गरेका छन् ।

सिन्धुपाल्चोक घर भई काठमाडौको पेप्सीकोलामा डेरा गरेर बस्दै आएका ५५ वर्षीय अर्जुन खड्का छाती दुखेको भन्दै उपचारका लागि अस्पताल भर्ना हुन पुगेका थिए । मृतक खडका पूर्व नेपाली सेनामा कार्यरत रहेको र अहिले ललितपुरको लिटिल एन्जल्स स्कूलमा सेक्युरिटी गार्डको काम गरिरहेको उनका आफन्तले जानकारी दिएका छन् ।

उनका आफन्तले अस्पताल प्रशासनले इन्टर्न गरिरहेका डाक्टरलाई बिरामीको जिम्मा दिएका कारण आवश्यक उपचार हुन नसक्दा मृत्यु भएको आरोप लगाएका छन् । अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको बानेश्वर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७