वाइडबडीले सोमबारदेखि काठमाडौं-नारिता उडान सुरु गर्ने


१८ फाल्गुन २०७६, आईतवार
aeroplane 2097515145

काठमाडौं, १८ फागुन । नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारम्भ गर्ने भएको छ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ।

बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ।

नेपालबाट जापान उडानमा २२० भन्दा बढी हुने र जापानबाट नेपाल फर्कदा २६८ बढी बुकिङ भैसकेको प्रवक्ता रचना खड्काले जानकारी दिइन्।

हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ। यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५र२५ केजीका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३र२३ केजीका २ वटा व्यागेजको सुविधा पाउनेछन्।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुने निगमको दाबी छ। नेपाल वायुसेवा निगमबाट जापानको नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको उडानको सुरुआतमा दुवै मुलुकमा औपचारिक कार्यक्रम नहुने भएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७