टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसा डाटा प्याक


१८ फाल्गुन २०७६, आईतवार
nepal telicom

काठमाडौं, १८ फागुन  । नेपाल टेलिकमले प्रतिएमबी झन्डै ५ पैसा पर्नेगरी लार्ज डाटा प्याक उपलब्ध गराएको छ।

कम्पनीले ‘लार्ज डाटा प्याक’ अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ।

३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ रहेको छ।

त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ। यसको मूल्य ३ हजार रुपैयाँ छ। यो प्याकलाई प्रतिएमबीका दरले हिसाब गर्दा झन्डै ५ पैसा पर्ने टेलिकमको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७