सिटिजन्स बैंकद्वारा महोत्तरीको विद्यालयलाई आर्थिक सहयोग


१८ फाल्गुन २०७६, आईतवार
image001 5e9f5ZbQ2A

काठमाडौं,१८ फागुन । सिटिजन्स बैंकले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई ७०,००० आर्थिक सहयोग प्रदान गरेको हो ।


सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहजहोस् भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको बैंकले जनाएको छ । सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।


सिटिजन्स बैंकले देशैभरबाट आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम। र १०३ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिव ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरुसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरिद गर्दा २०५ सम्मक्यास ब्याक ९नगदफिर्ता० हुने योजना सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७