‘प्रचण्डलाई जुत्ता हान्ने युवाको बुबा शहीद होइनन्’


१८ फाल्गुन २०७६, आईतवार
Ratan Tiruwa

काठमाडौं, १८ फागुन :  काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बोलेरहेका थिए । अचनाक मञ्च तर्फ आएका एक युवकले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरे ।

तर प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेन । जुत्ता प्रहार गरे लगत्तै प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरे । तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम नभएको तिरुवाको गृह जिल्ला नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति मार्फत जनाएका छन् । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम नभएको अध्यक्ष कुँवरले बताए ।

अध्यक्ष कुँवरले विज्ञप्ति जारी गरेर घटनाको बिरोध गरेका छन् । उनले भनेका छन्, ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु ।’

Press Note

नेता माथि प्रहार भएको यो घटना भने पहिलो होइन । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीककृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए ।

 नेकपाका नेता झलनाथ खनाललाई पनि सुनसरीमा पार्टीकै कार्यकर्ताले थप्पड हानेका थिए । उनलाई २०६७ माघ ६ गते तत्कालीन नेकपा एमालेले आयोजना गरेको एउटा कार्यक्रममा साविक भरोल गाविसका देवीप्रसाद रेग्मीले थप्पड हानेका हुन् ।

तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पनि कपनमा उनकै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेसको क्षेत्रीय समितिले २०६९ असोज १४ गते आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेका कोइरालालाई पार्टीका क्रियाशील सदस्य प्रवेश बस्नेतले फोटोको फ्रेमले प्रहार गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७