मधेसमा जाडोले मरिरहँदा म काठमाडौं कसरी बस्न सक्छु : मन्त्री पोखरेल


२६ पुष २०७४, बुधबार
girirajmani pokhrel

काठमाडौं: विनाविभागिय मन्त्री गिरिराजमणि पोखरेलले विपन्न परिवारलाई न्यानो कपडा बाँड्दै मधेसमा जाडोले जनता मरिरहँदा आफू काडमाडौंमा बसिरहन नसक्ने बताएका छन् ।
बुधवार महोत्तरीको गौसलामा पुगेर यो वर्ष धेरै जाडो भएकोले सबैलाई सुरक्षित बस्न मन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

girirajmani pokhrel

उनले चिसोबाट प्रभावित बनेका मधेसमा जनतालाई न्यानो कपडासहित सामग्री बाँड्दै विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘तराईमा शीतलहरले जनजीवन कठ्याङ्ग्रिँदा मन्त्रीको काठमाडौंमा के काम ? अत्यधिक बढेको चिसोले जनजीवन प्रभावित भएपछि महोत्तरी पुगेका मन्त्री पोखरेलले यसवर्ष चिसोबाट बच्न मधेसका जनतालाई अनुरोध गरे । उनले भने, ‘तातो कुरा खानुस्, न्यानोमा बस्नुस् । आफ्नो स्वास्थ्य ख्याल गर्दै साँझबिहान चिसोबाट बच्नुस् ।’

शीतलहरबाट प्रभावित दलित, विपन्न वर्गका परिवारलाई बर्दिबास र गौशालाको संयोजनमा राहत वितरण गरिएको हो । मन्त्री पोखरेलले देशका जनतालाई सधैँ सहयोग गर्ने वामपन्थी नै रहेको बताए । उनले भने, वामपन्थीहरू सधैँ जनताका सुखदुःखमा छन्,’ पोखरेलले भने, ‘अहिले शीतलहरबाट बचौँ, अर्को वर्ष गरिबीको रेखामुनिका नागरिकको आयस्तर माथि उठ्ने गरी उत्पादन क्षेत्रमा योजना बनाएर काम गरौँला, अनि जाडोमा पनि लड्ने शक्ति सञ्चय गरौँला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७