टोकीयो ओलम्पिकमा वाइल्डकार्डका लागि पठाएका यी हुन् नेपाली खेलाडीहरु


१८ फाल्गुन २०७६, आईतवार
olampic

काठमाडौं, फागुन १० । जापानको टोकीयोमा हुने ओलम्पिकका लागि नेपालले नौ खेलका १५ खेलाडीलाई सहभागिताको तयारीमा नेपाल ओलम्पिक कमिटी रहेको छ । जसमा दुई खेलका तीन खेलाडीले खेल्ने पक्का भइसकेको छ ।

पौडीमा दुई जना र एथ्लेटिक्समा एक खेलाडीले खेल्ने पक्का भएको छ । पौडी र एथ्लेटिक्समा युनिभर्सियालीटीका आधारमा तीन खेलाडीले नेपालबाट टोकीयो ओलम्पिकमा खेल्नेछन । पौडीमा महिलामा गौरीका सिंह र पुरुषमा एलेक्स शाहले खेल्नेछन । यस्तै यसपटक एथ्लेटिक्समा छोटो र मध्यम दुरीमा भन्दापनि म्याराथनमा सहभागिता गराउने योजनामा नेपाल ओलम्पिक कमिटी छ ।

त्यसबाहेक अरु सात खेलका १२ खेलाडीलाई वाइल्ड कार्डका लागि नाम सिफारिस गरेको छ ।

विश्वका दुई सय ६ देशको सहभागिता रहने विश्वको महाकुभ्म मेलामा ओलम्पिकको स्कोलरसिपमा रहेका खेल बाहेक दुई खेल बक्सिङलाई समावेश गरेको छ । यति बेला ओलम्पिकको स्कोलरसिपमा कराँते, आर्चरी, तेक्वान्दो, सुटिङ, भारत्तोलन, पौडी र जुडो छन । बक्सिङलाई वाइल्डकार्डका लागि र एथ्लेटिक्स युनिभर्सियालीटीमा परेको छ ।

गत मे महिनाबाट नै सुरु भएको ओलम्पिक स्कोलरसिपमा एथ्लेटिक्स, कराँते, आर्चरी, सुटिङ, भारत्तोलन, पौडी र जुडोमा दुई दुई खेलाडी छन । तेक्वान्दोमा एक जना रहेका छन ।

ओलम्पिकको स्कोलरसिपमा परेका खेल र खेलाडी

कराँते

अनु अधिकारी
नविन रसाईली

आर्चरी

ज्ञानु अवाले
तिलक पुनमगर

तेक्वान्दो

विरबहादुर महरा
सुटिङ

सुस्मिता नेपाल
कल्पना परियार

भारत्तोलन

कमला श्रेष्ठ
सञ्जु चौधरी

पौडी

गौरीका सिंह
एलेक्स शाह

जुडो

इन्द्रबहादुर श्रेष्ठ


यस्तै एथ्लेटिक्सको एक खेलाडी छन ।

आलेम्पिक स्कोलरसिपमा पर्ने प्रशिक्षकहरु

प्रेमप्रसाद पुन (आर्चरी)
दिपक श्रेष्ठ (कराँते)
असिम यादव (सुटिङ)
सञ्जय महर्जन (भारत्तोलन)
देबु थापा (जुडो)
एइग्दोल नोन (तेक्वान्दो)

जुलाई २४ देखि अगष्ट नौ तारिखसम्म हुने यो ओलम्पिकका लागि नेपालबाट धेरै खेलाडी सहभागि होस भनेर ओलम्पिकले नौ खेलको नाम आइओसीलाई सिफासिर गरेको छ ।

याे पनि पढ्नुहाेस्र

महिला खेलाडीले देशको शिर उच्च बनाएको साग

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७