सामसुइपोमा इमेजको नयाँ शाखा
हङकङ : जोर्डनको सबैभन्दा बढी चल्ने इमेज सैलुनले सामसुइपोमा नयाँ शाखा बिस्तार गरेको छ। यो सहित इमेजले अहिले सम्म हङकङमा ४ वटा शाखा बनाउन सफल भएको छ। यसअघि जोर्डनमा भएको शाखामा ग्राहकको चाप थेग्न नसकेपछि महिला र पुरुषको छुट्टै शाखा बनाएर सेवा प्रदान गर्दे आइरहेको छ।
जोर्डनपछि इमेजले युङलोनमा शाखा बिस्तार गरिएको थियो। इमेज शैलुनकी संचालक ईन्द्र गुरुङको भनाइमा इमेजले करिब २ दर्जन जति कामदारलाई प्रतयक्ष रोजगार प्रदान गरिरहेको छ।