प्रधानमन्त्री ओलीलाई मोदीले दिए सफल शल्यक्रियाकाे शुभकामना


१९ फाल्गुन २०७६, सोमबार
Prime ministry KP oli and Narendra Modi 4
Indian Prime Minister Narendra Modi (R) shakes hands with Prime Minister of Nepal K.P. Sharma Oli as they arrive for a biliteral meeting at Hyderabad house in New Delhi on April 7, 2018. / AFP PHOTO / Money SHARMA

काठमाडौं, १९ फागुन । दोस्रोपल्ट मृगौलाको शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रियाको शुभकामना दिएका छन् ।

मोदीले सोमबार एक ट्वीट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले लेखेका छन्, ‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

मोदीले नेपाल–भारतबीचचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्रत्यारोपण गरिंदैछ । त्यसका लागि ओली आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् । उनलाई नातिनीले मृगौला दिंदैछिन् ।

modi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७