सैनिक परिवारकाे लागि त्रिपुरेश्वरमा सुपथ मूल्यकाे पसल


१९ फाल्गुन २०७६, सोमबार
nepali sena pasal.0

काठमाडौं, १९ फागुन । नेपाली सेनाले काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन आएको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंको त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट वहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरुका आश्रित परिवारले सेवा पाउनेछन् । पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरे ।

यसअघि सेनाले बसुन्धरामा पनि यस किसिमको पसल चलाइसकेको छ । जसमा बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री विक्री वितरण हुँदै आएको छ । सेनाले अन्य स्थानमा पनि पसल स्थापना गर्ने लक्ष्य राखिएको जनाएको छ । 

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।

वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।nepali sena pasal.00 01 19 23.Still001

यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ । बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो ।

भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दैआएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७