पौडेलको बहिष्कारका बावजुद देउवाद्वारा थप सात विभाग प्रमुख मनोनयन


१९ फाल्गुन २०७६, सोमबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच देउवाले विभागीय प्रमुखहरु तोकेका हुन् । उनले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका छन् ।

यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७