अभिनेत्री श्वेताको समाजसेवा : पति श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल


१९ फाल्गुन २०७६, सोमबार
Shweta

काठमाडौं, १९ फागुन । आफ्नो प्रिय मान्छेको वियोगमा धेरै मान्छेले आफूले आफैलाई गुमाउँछन् । तर अभिनेत्री श्वेता खड्काले भने पति श्रीकृष्ण श्रेष्ठको वियोगको पीडालाई समेत भुलेर आफूलाई समाज सेवामा समर्पित गरेकी छन् ।

पतिको वियोगलाई भुलेर आफूलाई सामाजिक काममा समर्पित गरेकी अभिनेत्री श्वेता खड्काले उनै स्वर्गीय पति श्रकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल बनाउने भएकी छन् । उनले गोदावरी नगरपालिकाको छम्पीमा राष्ट्रिय क्यान्सर अस्पताल बनाउन लागेकी हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बीच अस्पताल शिलन्यास गरिएको छ । कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै अस्पताल निर्माण गर्न लागेको बताइन् ।

‘अस्पतालको शिलन्यास गर्न पाउँदा खुशी लागेको छ’, श्वेताले भनिन् ‘ ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोकोले अहिले पूरा हुन लाग्यो ।’ उनले अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने सुनाइन् । अस्पताल केही वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७