लाजिम्पाटको पबी ज्वेलरीबाट ८८ लाखको गहना र नगद चोरी


१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं, १९ फागुन । सुनचाँदीका गहना बिक्रीमा कहलिएको लाजिम्पाटस्थित पबी ज्वेलरीमा आइतबार राति ठूलो परिमाणमा तयारी गहना र नगद चोरी भएको छ ।

८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । पसलबाट चोरी भएको गहनामा ९८.६८१ तोलाका सुन र ४ सय ३४.२६२ तोला चाँदीका छन् ।

उक्त ज्वेलरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भई काठमाडौं मनपा–५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको हो । मुख्य सडकसँगै रहेको ज्वेलरीमा चोरी नियोजित तवरले तयारी गरेर गरिएको हुनसक्ने प्रहरीको शंका छ । यस्तै प्रकृतिका अन्य घटनासँग जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७