म रैती होइन : डा. केसी


२६ पुष २०७४, बुधबार
Dr Kc

काठमाण्डौं : स्वास्थ्य क्षेत्रको सुधारमा क्रियाशिल डा. गोविन्द केसीले आफू यो देशको रैती नभई सार्वभौम नागरिक भएको बताएका छन् ।
सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका केसीले न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा आफ्नो भनाई राख्दै भने–‘एउटा सचेत नागरिक भएको हैसियतले मलाई नेपालको संविधानले राष्ट्र र जनताको पक्षमा बोल्ने अधिकार दिएको छ ।’Dr Kc

उनले भने–‘मलाई सार्वभौम संविधानले फ्रिडम अफ एक्सप्रेसको अधिकार दिएको छ । मैले अदालतको मानहानी गरेको छैन ।’ यता सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसी, रमण श्रेष्ठ र श्याम खरेलले बहस गरेका थिए । यसअघि सर्वोच्चले मंगलबार डा. केसीसँग बयान लिएको थियो । बयानका क्रममा डा. केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि विभिन्न आरोप लगाएका थिए ।

यसैबीच प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्दै केसीका समर्थकहरुले माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले केसीको रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७