प्रेस चौतारीका पूर्व अध्यक्ष अर्याल प्रदेशसभाको उम्मेदवारमा सिफारिश


१८ आश्विन २०७४, बुधबार
Rajendra aryel

Rajendra aryel
काठमाडौं : प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल गुल्मीबाट प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिश भएका छन् । गुल्मीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ का लागि अर्याल सिफारिश भएका हुन् ।

पार्टीले सर्बसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिश गरेकोमा उनले खुसी व्यक्त गरे । उनले नयाँ पेजसँग भने, ‘मलाई मेरो पार्टीले विश्वास र भरोषा गरेकोमा खुसी छु ।’ उनले प्रदेशसभामा आफुले जनताको पनि विश्वास जित्ने बताए । भने, ‘यहाँको जनताको विश्वास पनि जित्नेमा ढुक्क छु ।’ लामो समय प्रेस चौतारी नेपाल र पत्रकारितामा क्रियाशिल अर्यालले गुल्मीको सरोकार र समस्याको बिषयमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गर्दे आएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७