दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित


२६ पुष २०७४, बुधबार
sugar

भीमदत्तनगर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ । जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । sugar

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् ।

नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताए । ‘उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उहाँले भन्नुभयो, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।’

केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उहाँले १० बिगाहमा उखुखेती गर्नुभएको छ ।

उखुखेतीबाट ६ महिनामा रु २० लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताउनुभयो । उहाँले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताए ।

‘कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उनले भने, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।’

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७