घटन थालेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?


२० फाल्गुन २०७६, मंगलवार
gold

काठमाडौं, २० फागुन । नेपाली बजारमा केहि दिनयता सामान्य रुपमा घट्दै गएको सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७