फलामको बेरिङभित्र राखेर ल्याइएको ६ किलो सुनसहित अब्दुल मजिद पक्राउ


२० फाल्गुन २०७६, मंगलवार
gold 1

महोत्तरी, २० फागुन । मकवानपुर प्रहरीले ६ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसलाई पूर्व–पश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार चार करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७