सुरु भयो रंगहरुको उत्सव होली, बसन्तपुरमा ठड्याइयो चीर


२० फाल्गुन २०७६, मंगलवार
holi 2

काठमाडौं, २० फागुन । फागु पर्व अर्थात रंगहरुको उत्सव होली मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

होली धार्मिक तथा सांस्कृतिकसँगै सामाजिक महत्व बोकेको पर्व हो। धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्।

 

chir
बसन्तपुरमा ठड्याएकाे चीर ।

आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । त्यस्तै होली पर्व कृष्ण भगवानसंग पनि जोड जोडिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फाल्गुन २६ गते सोमबार र तराई मधेसका जिल्लाहरुमा फाल्गुन २६ मंगलबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७