पहिचान संरक्षणका लागि एक विद्यालयमा शेर्पा पोशाक अनिवार्य


२० फाल्गुन २०७६, मंगलवार
sherpa dress a

ओखलढुगां, २० फागुन । ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ ।

ओखलढुङगा पात्लेस्थित जनता आधारभूत विद्यालयमा व्यवस्थापन समितिले शेर्पा जातिको पोसाकलाई अनिवार्य गरेको हो। कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयका एक सय विद्यार्थी र ९ शिक्षक रहेका छन् । विद्यालयमा अधिकाशं बिद्यार्थीहरु शेर्पा समुदायका छन् ।

आधुनिकता र सामाजिक सञ्जालले बालबालिकाले आवश्यकताभन्दा फरक पोसाक लगाउने गर्दा समाजमा नकारात्मक सन्देश जाने र आफ्नो जातीय भेषभूषाको संरक्षण विद्यालयस्तरबाटै गर्न शेर्पा पोसाकको व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए ।

यस वर्ष पहिलोपटक भएकाले सुरुआतमा उनी आफैंले ३ लाख ५० हजार लगानी गरेर एक सय विद्यार्थी र ९ शिक्षकलाई पोसाक उपलब्ध गराइएको उनले बताए ।

यस दिन विद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा शेर्पा सामुदायको जातीय पोशाक लगाउनुपर्नेछ । आधुनिक समाजका कारण बालबालिकाले जातीय भेषभूषालाई विर्सन थालेको भन्दै विद्यालय तहमा जातीय पोशाकलाई अनिवार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए ।

उनले ब्यक्तिगत लगानीबाट यसबर्ष करिब ३ लाख ५० हजारको लागतमा पोशाक खरिद गरी वितरण गरिएको बताए ।

विद्यालयका विद्यार्थीहरुलाई जातीय पोशाक अनिवार्य गराउनका लागि शिक्षकले समेत अनिवार्य रुपमा पोशाक लगाउनुपर्नेछ । विद्यालयले यी बाहेकका अन्य दिनहरुमा आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोशाक, र बिहीबार र शुक्रबार खेलकुद पोसाक अनिवार्य गरेको छ ।

यसरी जातीय पोशाकलाई विद्यालय स्तरमा प्रयोगमा ल्याउने जनता आधारभूत बिद्यालय जिल्लाकै पहिलो बिद्यालय हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७