अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा, फेरि भोलि नै नियुक्ति


२० फाल्गुन २०७६, मंगलवार
youraj khatiwada

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । मंगलबार राष्ट्रिय सभा कार्यकाल सकिएकाले खतिवडाले मन्त्री पदबाट पनि राजीनामा दिएका हुन् ।

राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि उनले राजीनामा दिएका हुन् । तर, डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री निकट उच्चस्रोतका अनुसार खतिवडाले आज (मंगलबार) राजीनामा दिने र उनलाई बुधबार नै अर्थमन्त्रीमा पुनः नियुक्ति गरिने तयारी भइरहेको छ ।

राष्ट्रियसभाका १९ जना सांसदको पदावधि आज (मंगलबार) सकिएको छ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये खतिवडा पनि एक हुन् । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनः नियुक्त गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७