दक्षिण कोरिया कोरोनाविरुद्ध युद्धमा, उत्तरले भन्यो, ‘हाम्रो देशमा कोरोना भाइरस छैन’


२० फाल्गुन २०७६, मंगलवार
kim jong

काठमाडौं, २० फागुन । दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको सामना गरिरहेका बेला उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरस नभएको बताएको छ ।

कोरोना भाइरसबारे मंगलबार पहिलो पटक अभिव्यक्ति सार्वजनिक गर्दै उत्तरले कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको हो ।

गत जनवरीमा उत्तरले आफ्ना छिमेकी राष्ट्रहरुलाई कोरोनाको त्रास बढेकाले आफूले सीमाना बन्द गरिदिने जानकारी गराएको थियो । उत्तरले छिमेकी मुलुकबाट निर्यात भएका सामाग्रीमा पनि कोरोनाको संक्रमण परीक्षण हुने बताएको थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार हाल उत्तरले सात हजार जनामा कोरोनाको परीक्षण गरिरहेको छ ।

हालसम्म कसैमा कोरोनाको संक्रमण नदेखिएको केसीएनएले बताएको छ । उत्तर नजिकै दक्षिण कोरियामा भने ५ हजारभन्दा बढीको कोरोनाको संक्रमण देखिएको छ । टाइम म्यागेजिन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७