‘गाईको गहुँत र गोबरले कोरोना ठिक हुन्छ’


२० फाल्गुन २०७६, मंगलवार
korona

काठमाडौँ, २० फागुन : वैज्ञानिकहरूले हालसम्म पनि कोरोना भाइरस (कोभिड-१९)को औषधि पत्ता लगाउन नसकिरहेको बेला भारतको आसाम राज्यकी विधान सभा सदस्य सुमन हरिप्रियाले गाईको गहुँत र गोबरले कोरोना भाइरस निको हुने बताएकी छिन् ।

सोमबार सांसदमै हरिप्रियाले यस्तो बताएकी हुन् । उनले गहुँत र गोबरले करोनाभाइरस ठिक हुने बताएपछि यस विषयले भारतमा चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार हरिप्रियाले गाईको गहुँत र गोबर एकदमै प्रभावकारी रहेको बताइकी थिइन् । ‘हामीलाई थाहा छ गाईको गोबर कति प्रभावकारी छ । त्यस्तै, जब हामी गहुँत छर्कन्छौँ त्यसले उक्त स्थान पवित्र बनाउँछ, उनले भनेकी छिन्, ‘मलाई विश्वास छ हामीले गहुँत र गोबरको प्रयोगबाट करोनाभाइरस निको पार्नसक्छौं ।’

कोरोना भाइरसको कारण हालसम्म भारतमा ६ जना सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७