क्रान्ति योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल


२० फाल्गुन २०७६, मंगलवार
ram prasad rai

काठमाडौं, २० फागुन । २००७ सालका क्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढाइएको छ ।

राईको १११ औ जन्म जयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेका रामप्रुाद राईलाई राष्ट्रिय विभूति घोषणा गराउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

निरंशुक राणा शासकको कब्जाबाट देशलाई मुक्त गर्दै देशलाई शिक्षाको उज्यालो छर्ने काममा भोजपुरका क्रान्ति योद्धा रामप्रसाद राईको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री ढकालले राईको ऐतिहासिक योगदानको मूल्याङ्कन हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिन नसकेको बताएका छन् । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धीमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नु इतिहासको सही मूल्याङ्कन र सम्मान हुने बताए ।

कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७