मिस वर्ल्ड २०२० को फाइनल नेपालमा


२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं, २१ फागुन । सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडि बढाएका हुन ।

सम्भावना अध्ययन गर्न विहीबार (मार्च ५) मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह, मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदैछ ।

टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने ‘द हिडन ट्रेजर’ अध्यक्ष दिवाकरराज राजकर्णिकारले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७