नपाउनेले के पायो, बोक्रैसँग खायो……….


२६ पुष २०७४, बुधबार
cou

“आए हो मेरी जिन्दगी में यूँ बहार बन के ।
मेरे दिल में यूँ ही रहना तुम प्यार प्यार बन के…..”cou

पच्छिमा समाजमा लोकप्रिय ‘हनिमुन’ र पूर्वेली समाजले अँगाल्न थालेको ‘मधुमास’ एकआर्काका पर्यायवाची हुन् । त्यस समयको मनःस्थितिलाई वर्णन गर्न हिन्दी फिल्मको यस गीतका यी हरफहरूभन्दा सक्षम कुनै श्रृङ्गारिक शब्दहरूको संयोजन मलाई यतिखेर सम्झना हुन सकेको छैन । नेपालीमा यसको भावात्मक अनुवाद यस्तो हुन्छ— जसरी तिमी मेरो जीवनमा अहिले वसन्तजस्तो भएर आएका छौ÷आएकी छ्यौ… तिमी सधैँभरि मेरो जीवनमा यसरी नै प्रेमको दियो बालेर बसिरहनू ।

सुहागरातमा रोमान्सले भरिएको पोखरीमा चुर्लुम्म डुबेका नवदम्पतीहरूले त्यसपछिको समय यतिसम्म सुखदायी हुन्छ भत्रे पहिले कल्पनाधरि गरेका हुँदैनन् । सम्भोगको बाकसको ताल्चा खुलेपछि त्यसभित्रको रमाइलो कर्मकाण्डको रहस्य एकै पटकमा खुलेजस्तो लाग्दछ अनि त्यो रोमान्सको एउटा पक्षमात्र हुन पुग्दछ, तर दाम्पत्य जीवनको प्रारम्भिक व्यवस्थापनको रहस्य हरेक दिन विविधता लिएर आइरहन्छ जसले गर्दा हाँक र समाधान दुवै आनन्ददायी हुन्छन् । प्रस्ट देखिएको कुराभन्दा पूरै छोपिएको कुरामा बढी रहस्य हुनु त स्वाभाविकै हो तर आधा देखिएको वस्तुका पछाडि लुकेर रहेको देखिन बाँकी वस्तुमा रहस्य र रोमाञ्च दुवै हुन्छ । पहिले खुला छाडेको साँढेजस्तै कुनै जिम्मेवारीविना एक्लै जीवन बिताउने पुरुष अब बन्धनमा पर्नुपर्दा पनि बन्धनमै आनन्द खोज्न थाल्दछ । अर्काको जिम्मेवारी लिन पन्छिने पुरुषले अब जिम्मेवारी लिन रमाइलो मात्र थाल्दछ । आफ्ना परिवार र आफन्त पुरुषबाहेक अरूको संसर्गदेखि भाग्ने स्त्रीले अब नारीसुलभ लज्जा त्यागेर पनि पतिको सम्पर्क र शुश्रूषाको मौका पाउनेबित्तिकै त्यसलाई उपयोग गर्दछे । एकान्तमा भन्दा अरूका बीचमा रहँदा लुकीलुकी आँखा जुधाउन बढी आनन्द आउँदछ । रातको मजामा दिनको आनन्द र व्यग्रता थपिँदा जिन्दगी रसमय भएर आउँदछ ।

नारीले आफू जन्मेहुर्केको परिवार र घर छाडेर कहिल्यै नदेखेका नभेटेका मान्छेहरूसँग नयाँ घर, परिवार र नयाँ वातावरणमा बानी पर्दा हुने कष्टलाई मदमत्तताको सुरमा पत्तै पाउँदिन । वैवाहिक जीवनले पछि ल्याउने आर्थिक, सामाजिक र नैतिक जिम्मेवारीको बोधलाई नसाको सुरमा पुरुषले वास्तै गर्दैन । हरेक दिन नयाँ सम्भावनाको ढोका उघार्दै सुरु हुन्छ अनि हरेक रात चालै नपाई सिद्धिन्छ ।

मिलनका लागि छटपटाहटभित्र रहेको मिठास नारी–पुरुष सम्बन्धरूपी औँठीको हिरा हो । कुनै अमूल्य वस्तुमाथि स्वामित्वको दाबी गर्न पाउँदाको आनन्द अनुभूतिमा मग्न दम्पतीलाई पश्चिमी संस्कारले ‘हनिमुन’को मौका दिन्छ । केही अगिसम्म बालविवाहको अभिशापले ग्रस्त पूर्वी समाजले लामालामा सोह्रदिने साइत र दुलान फर्काउने प्रव्रिmयाहरूमा जोड दिन्छ । तर पूर्वी समाजमा पनि बालविवाह घट्तै गएपछि मधुमासका कुराहरू आउन थालेका छन् । यो समाजमा आएको सकारात्मक परिवर्तन हो । यो मधुमास कविहरूका कल्पनामा मात्र होइन यथार्थमा पनि त्यत्तिकै सुन्दर र कल्पनातीत हुन्छ । चैत–वैशाखमा गुराँस फुल्दा उराठलाग्दो जङ्गल पनि ढकमक्क भएजस्तै तत्रेरीका सपनाका दिनरात पनि मधुमय हुन्छन् । दाम्पत्य जीवनको यसैबेलाको ऊर्जाले दम्पतीलाई पछिसम्म जीवनका उकालीओह्रालीमा सँगसँगै हिँड्न सक्ने बनाउँदछ ।

यो समय निस्फिक्री र हतारविना बिताउन पाएका दम्पतीमा पछिसम्म प्रणयको दीप निर्विघ्न प्रज्वलित भइरहन्छ । यस समयमा पढाइको, घरव्यवहारको, सन्तान उत्पादनको, बाहिरी झमेलाको वा आफ्नो भविष्य निर्माणका दबाबजस्ता कुराले प्रभाव पार्ने अवस्था नआउँदा दुवैमा हरेक हाँकलाई सँगै मिलेर सामना गर्ने शक्ति बढ्दछ । त्यस्ता दबाबहरूले प्रभाव पार्ने अवस्था सिर्जना भयो भने त्यस ऊर्जाले सञ्चित हुने मौकै पाउँदैन । एकअर्काभित्रको कोरा रोमान्सले घुलमिल भएर एकाकार हुने मौका पाउने वेला नै यही हो । दम्पतीले यतिखेरको कोरा रोमान्सलाई राम्ररी मलजल गर्ने यथेष्ट र उपयुक्त अवसर पाएनन् भने पछि रोमान्स मलजल र गोडमेल नपुगेको बिरुवाजस्तो सिक्रिक्क परेको हुन्छ । अर्को उदाहरण दिँदा बाल्यकालमा कुपोषणको सिकार भएको कमजोर सिकुटे तत्रेरीजस्तो हुन्छ ।

लेखक : डा.सुबोधकुमार पोखरेल (पुस्तक श्रृष्टिको रोमान्सबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७